गर्मी र स्वास्थ्य

फोटो फिचर विचार/ब्लग स्वास्थ्य
शेयर गर्नु होला

–    गर्मीमा अमिलो, पिरो आदि ट्वाक्कटुक्क खान मन लाग्छ । बाहिर खुल्ला राखिएका चटपटे वा पानीपुरी खानु हुँदैन । यसले पेट दुख्न तथा झाडापखाला लाग्न सक्छ ।

–    बाहिरको खाना बासी, सडेगलेका तथा झिँगा भन्किएका हुने सम्भावना भएकाले घरमै खाना खाने बानी बसाल्नुपर्छ ।

–    पानी उमालेर मात्र पिउनुपर्छ । घरबाहिर जाँदा पनि घरकै पानी प्रयोग गर्नुपर्छ ।

–    रोगप्रतिरोधक क्षमताका लागि आफ्नो खानामा लसुन, ब्रोकाउली, च्याउ, गाजर तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

–    खानेकुरा फ्रिजबाट झिकेर सीधै नखाई केही समयपछि मात्र खानुपर्छ ।

–    खाना चिसो छ भने खानुअघि तताउनुपर्छ । खानालाई छोपेर राख्नुपर्छ । खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ ।

– बिहान–बेलुका केही समय हिँडडुल गर्नुपर्छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *