भोलि प्रधानमन्त्रीले सदनमा जवाफ दिने

राजनीति
शेयर गर्नु होला

काठमाडौँ —प्रधानमन्त्री केपी ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार जवाफ दिने भएका छन् ।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले भोलि दिन लागेका हुन् ।

अाइतबार बिहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३:०० बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *