धरहरामा एक होटल र १३ सटर भत्काइयो

समाचार
शेयर गर्नु होला

काठमाडौँ : काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयानुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइेको छ।

 

कामपाका सूचना अधिकारी वसन्त आचार्यले का ‘अनुसार धरहरा  सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइेको हो’। उनले भने, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”

 

महानगरले टहरा, पसल, रेष्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *