एजेन्सी : युक्रेनको राजधानी किएभमा शनिबार भएको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ गाेलले हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले चुमेकाे छ ।
याे जितसँगै रियल मड्रिडले लिगमा लगातार तेस्रोपटक च्याम्पियन बनेर नयाँ रेकर्ड कायम गरेकाे छ ।
इंग्लिस क्लब लिभरपुललाई ३–१ गाेलले हराउँदै साबिककाे विजेता स्पेनिस क्लब रियल मड्रिड लगातार तेस्राेपटक च्याम्पियन बनेकाे हाे ।
यो जितसँगै मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेकाे छ ।
बेलले पहिलाे गाेल ६४ औँ मिनेटमा तथा दाेस्राे गाेल ८३ औँ मिनेटमा गोल गरे । उनले पहिलाे गाेल अाेभरहेड किक मार्फत गरेका हुन् । बेलले दुई तथा करिम बेन्जिमाले मड्रिडका लागि एक गोल गरे ।