कञ्चनपुर — कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर भीमदत्त नगरपालिका–४ स्थित देव स:मिल नजिकै नगर विकासको जग्गामा नि र्माणाधीन घरमा बम विस्फोट भएको छ।
स:मिलका सञ्चालक कैलाश सुनारको निर्माणाधीन घरको कोठाभित्र विस्फोट भएको हो । विस्फोटबाट पर्खालमा भ्वाङ परेको छ ।
घटनास्थल वरिपरि आल्मुनियमका टुक्रा भेटिएकाले प्रेसर कुकर बम विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको डीएसपी सेटीले बताए ।
अाइतबार बिहान ३ बजेर ५५ मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले बताए ।