धनुषा — अमेरिका मा आयोकोजित मधेशी एशोसिएसन इन आमेरिकाको सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिए पनि अमेरिका जान अनुमति नपाएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लेजनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन आमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट शनिबार साँझ सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् ।
नेपाल संघीयतामा आएपछि प्रदेश सरकार गठन भएको र विकासकालागि प्रदेश सरकार अघि बढिरहेको समयमा प्रदेश २ कोविकासकालागि मधेशी एशोसिएसन इन अमेरिकाको भुमिका अहंम् रहने राउतले बताए ।
मुख्यमन्त्री राउतले आयोजकलाई अभार प्रकट गर्दै शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगारीका कारण प्रदेश २ मानविय सूचांकको रुपमा पछाडि रहेकोले मुख्यमन्त्री भएपछि यस प्रदेशलाई समृद्ध, विकसित बनाउन आफू प्रतिबद्धता रहेको उनले बताए ।