काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दीनानाथ शर्मालारि चयन गर्ने सहमति अध्यक्षद्वय केपी अाेली र प्रचण्डबीच भएकाे छ ।
त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमति भएको स्राेतले बतायाे । गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थीन्।
अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन्। बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइेको हो।