बिकास गर्छु भन्दा विपक्षी किन प्रसन्न देखिंदैन : प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति
शेयर गर्नु होला

काठमाडौँ —   ‘मेरो घरमा सोलार जोडेर होइन, देशैभरी लोडसेडिङ अन्त्य गर्छु भन्दा पनि साथीहरु प्रशन्न देखिनुभएन ।’ यस्तोमा मन दुख्नु पर्ने कारण त छैन कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने लोडसेडिङ आधारभूतरुपमा अन्त्य भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी वर्षदेखि नेपालमा यस्तो पनि दिन थियो भन्ने अवस्था अाउने बताए ।

विकास र समृद्धिका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउँदा विपक्षी कांग्रेसले विरोध गर्ने औचित्य नदेखिएको प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्रीलेबताएका छन् । नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन अैतबार संसदमा उपस्थित प्रधानमन्त्रीले विपक्षी शैलिको आलोचना गरे ।

नेपाल सधैं अल्पविकसित रहन नसक्ने उनले बताए । ‘मैले भन्ने गरेको छु, यति प्राकृतिकरुपमा सम्पन्न देश गरिव हुन मिल्ने होइन,’ उनले भने, ‘तर पनि गरिव छ । अब गरिव हुँदैन ।’ नीति तथा कार्यक्रममा विरोध गरेर प्रतिपक्षीले आफ्नो धर्म निर्वाहमात्र गरेको टिप्पणी गर्दै प्रधानमन्त्रीले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए ।

प्रधानमन्त्रीले छिमेक सम्बन्धमा असाधारण सुधार आएको उल्लेख गर्दै राष्ट्रिय हितविपरीत कुनै काम नगर्ने र हुन पनि नदिने दाबी गरे । ‘विराटनगरबाट अस्थायी फिल्ड अफिस हटाइेको छ । डुबान क्षेत्रमा संयुक्त टोली अध्ययनका लागि जाँदैछ,’ उनले भने, ‘सीमानामा बाटोका नाममा डुबान गर्न पाइँदैन, पहिलेदेखि नभएका कामहरु धमाधम भएका छन् ।

असम्भव कुरा बोकेको छैन । असम्भव आकांक्षा बोकेको छैन  उनको भनाइ थियो, ‘यस कार्यक्रमले गर्न सकिने, परिवर्तन, विकास र समृद्धि बोकेको छ । राम्रो उद्देश्यमात्र होइन, उद्देश्य प्राप्तीको बाटोको आधार पनि तयार गरेको छ ।’ आफ्नायोजनालाई दिवास्वप्न भनेकोप्रति प्रधानमन्त्रीको जवाफ थियो, ‘पानीजहाज निदाएर देखेको सपना ब्युझिएर भनेको होइन, सायद त्यही भएर मित्रले दिवास्वप्न भन्नुभयो । हो दिउँसै देखेको सपना हो, राति निदाएकाबेला होइन ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *