राष्ट्रपतिले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन अाईतबार संसदमा उपस्थित प्रधानमन्त्रीले सुनसँगै तस्करीबाट आएका अन्य सामानको छानबिन पनि भैरहेको बताएका छन्।
एउटा रुटबाट आएको तस्करीको सुनबारे छानबिन भैरहेको बताउँदै अरु रुटका तस्करीको पनि छानबिन भैरहेको बताए।
‘घरजग्गा बेचेर गएका नेपाली युवाहरुलाई ठग्नेहरुलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने ।वैदेशिक रोजगारीमा भएको ठगी छानबिन भैरहेको पनि बताए। कर नतिर्ने र अनुचित काम गर्नेलाई छुट नदिने प्रधानमन्त्रीको भनाइ छ ।