काठमाडौँ — राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको छ।
राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५७६को नीति तथा कार्यक्रम पारित गरेको हो नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेस गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिएका थिए
प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रम साझा भएको बताउँदै सबै नेपालीलाई अधिकारसम्पन्न बनाउन सरकार लागिपरेको छ। बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफपछि पनि पुनः स्पष्ट हुन चाहनुभएका सदस्यको जवाफ दिँदै उनले जनताका समस्यालाई समाधान गर्न सरकार तम्तयार अवस्थामा रहेको बताए।