काठमाडौं । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर अाईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतीलाई कसैले गेट आ उट भन्न नसक्ने र भन्न नमिल्ने समेत बताए ।
सभापति शेरबहादुर देउवाले आफुु कसैले गेट अौट भन्दैमा पार्टीको नेतृत्व छाडी हाल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
सभापति देउवाले निर्वाचनको हारबाट नाअत्तिन पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्दै ३ वर्षपछि हुने पार्टीको महाधिवेशनमा पूनः नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने बताए ।
सभापति शेरबहादुर देउवालेदुई ठूला पार्टी एक भएको कारण निर्वाचनमा हार बेहोर्नु परेको र आगामी निर्वाचनमा पार्टीलाई एकतावद्ध बनाई पहिलाकै अवस्थामा पुर्याउने दाबी समेत गरे ।