काठडमाडौँ। जिल्ला अदालत मोरङले ३८ क्विन्टल सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जेल चलान गरेको छ।
जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल चलान गरिएको हो।
अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान अाइतबार मध्यान्हमा सकिएको छ। उनले ३७ पाना लामो लिखित बयान दिएका छन्। बयानमा गोरेले आफू सुन तस्करीमा संलग्न रहेको स्वीकारेता पनि सामान्य भरिया मात्रै भएको बताएका छन्।