नेकपा प्रदेश न ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल सर्वसम्मत

समाचार
शेयर गर्नु होला

आज एमाले पार्टी कार्यालय हेटौडामा एकतापछि बसेको पहिलो बैठकले पौडेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

नेकपा प्रदेश न ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल सर्वसम्मत रुपमा चयन हुनु भएको हो। संघिय मामिला तथा कानुन मन्त्री सालिकराम जमरकटेलले पौडेललाई संसदीय दलको नेता प्रस्ताब गरेका थिए।

नेकपाका नेत्री अष्टलक्ष्मी शाक्यले एमाले र मावोबादी दुइ पार्टी मिलेर एक भैसकेकोले अबदेखि मनै देखि एक भएर काम गर्नु पर्नेमा जोड दिनु भयो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश न ३ मा दुइ तिहाइ स्थान ओगटेको भन्दै अब प्रदेशको बिकाश निर्माण काममा महत्वपूर्ण भूमिका खेल्ने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *