नेकपा प्रदेश नं ४ संसदीय दलका नेता मा पृथ्वीसुब्बा गुरुङ निर्विरोध

समाचार
शेयर गर्नु होला

नेकपा प्रदेश नं ४ संसदीय दलका नेता मा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

पार्टी एकीकरणपछि दुवै दलका तर्पम्बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको आज बसेको पहिलो संसदीय दलको बैठकले गुरुङलाई दलको नेतामा निर्वाचित गरेको हो।

बैठकमा प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गुरुङलाई संसदीय दलको नेता चयन गर्न राख्नु भएको प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको थियो ।

संसदीय दलको बैठक ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *