काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने भनी गरिएका सिफारिसको सक्कल फाइल पेश गर्न आदेश दिएको छ ।
बहसका क्रममा न्यायाधीशले सरकारी वकिलसँग फाइल माग गरेपनि सरकारी पक्षले अदालतको आदेशले मात्र फाइल पेश हुन सक्ने दाबी गरेपछि फाइल पेश गर्न आदेश जारी गरिएको थियो ।
सर्वोच्चले भोलि कार्यालय समय सुरु हुने बित्तिकै महान्यायाधिवक्ता कार्यालयमार्फत गृह मन्त्रालयमा रहेका फाइल पेश गर्न आदेश दिएको हो ।