काठमाडौं । नेपाली फिल्म उद्योगमा अभिनेता अनमोल केसीको आफ्नो बेग्लै पहिचान छ ।अभिनेता केसीले युवास्टारको ट्यागसमेत पाईसकेका छन् ।
उनले होस्टेल फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । अहिले उनी फिल्म क्याप्टेनमा व्यस्त छन् ।
त्यस्तै उनले सफल फिल्मकर्मी मिलन चाम्सको नयाँ फिल्ममा पनि साइन् गरेका छन् ।
अनमोलले मिलन चाम्सको नयाँ फिल्मको लागि ४० लाख पारिश्रमिक बुझेको समाचार आएको छ ।
यसका साथै उनी अभिनेत्री झरना थापाको आगामी फिल्म ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका छन् । यस फिलिम् म उनि झरना थापाको छोरि को आपोजिट देखिने छन्।
झरना थापाको आगामी फिल्म ‘ए मेरो हजुर ३’ रिलिजमा आएको ठिक ६ महिनापछि मात्र मिलन चाम्सको फिल्म रिलिजमा अाउने बताईेको छ ।