काठमाडौँ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ।
सरकारले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन दुई बँदे सहमति गरेको छ। योसँगै फोरम पनि सरकारमा सहभागी हुने भएको छ।
फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमति पत्रमा भनिएको छ।
उक्त सहमति पत्रमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।