तेह्रथुम — जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउापालिका–२ स्थायी ठेगाना भैइ लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बस्दै आएका ४४ वर्षीयसुर्यबहादुर तोलाङगी (सार्की) लाई पन्ध्र वर्षीया बालिकालाई करणि अभियोग मा सात वर्ष कैदको फैसला सुनाएको छ ।
४४ वर्षीय सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्ष जेठ महिनामा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।