ललितपुरका दुई पेट्रोलपम्पमा शिलबन्दी

समाचार
शेयर गर्नु होला

काठमाडौं ।  सातदोबाटोस्थित श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स र ललितपुरको एकान्तकुनास्थित प्रसान्ति आयल स्टोर्स मा सिलबन्दी गरिएकोछ।

उपभोक्तालाई ठगी गर्ने ललितपुरका दुई पेट्रोलपम्पमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन टोली ले सिलबन्दी गरेको हो ।

नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणको २५ प्रतिशतको सिमा नाघेपछि अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको जनाएको छ ।

अनुगमनका क्रममा प्रसान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्रि गरेको फेला परेपछि दुवै पम्पलाई सिलबन्दी गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *