डोटी : दिपायलबाट गगुडातर्फ यात्रु बोकेर जाँदै गरेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ।
डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुई पुरुष र दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रामबहादुर बिक, जीप साहु भगत द्वारिया र ईन्नरी रावत रहेको घटनास्थलबाट स्थानीयले जानकारी दिएका छन् । एक जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।