काठमाडौँ । नेकपाले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निबेदन दिएको थियो । उक्त प्रक्रिया पूरा गर्न कागजात आयोगलाई उपलब्ध गराएको छ।
सोमबार निर्वाचन आयोगमा पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले निर्वाचन आयोगमा आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको कागजात पेश गरेको हो । दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातहरु बुझाएको नेम्वाङले बताए ।
निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन समेत थपेको छ ।