जेलबाट निस्किए बालकृष्ण ढुंगेल

समाचार
शेयर गर्नु होला

काठमाडौं ।  कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका ढुंगेल अाज (मंगलबार) बिहान फूलमालासहित निस्किएका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजारस्थित कारागार पुगेर फुलमालाले सम्मान गरेका थिए । समर्थकलारि ढुंगेलले केहीबेर सम्बोधन समेत गरेका थिए । उनले गणतन्त्र ल्याउन अाफू लडेर याेगदान दिएकाे बताए ।
एघाराैँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले ८१६ जनाकाे बाँकी कैद भुक्तान मिनाहा गरी माफी दिएपछि साेही सुचीका अाधारमा ढुंगेल पनि छुटेका हुन् ।

ढुंगेलकाे पछिल्लाे आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले कैद मिनाहाक‍ा लागि सिफारिस गरेकाे थियाे
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनकाे कैद मिनाहा पनि स्वीकृत गरेकी हुन् ।
सरकारले माफी दिए पनि ढुंगेललाई माफी नदिन माग गर्दै परेकाे रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *