नयाँदिल्ली — भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका लागि सार्वजनिक रुपमै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मागेकि छिन्।
नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थीन्।
उनले त्यस्तो अभिव्यक्ति दिएको केही क्षणमै सामाजिक सञ्जालमा तीब्र विरोध सुरु भएको थियो।
विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब पाँच घन्टा पछि राति साँढे १० बजे आफ्नै ट्वीटर ह्याण्डलबाट ‘मेरो तर्फबाट गल्ती भएको’ भन्दै उनले माफी मागेकी हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र त्यहाँ आयोजित कार्यक्रमलाई लिएर नेपालको केन्द्र सरकार र दुई नम्बर प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको बेला विदेश मन्त्री स्वराजको यस्तो भनाईले आगोमा घ्यू थप्ने काम गरेको छ।