काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतिक भएको बताएका छन्। सैनिक मञ्च टुडिखेलमा आयोजित ११ौं गणतन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सम्पूर्ण नेपालीको विजय उत्सव भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा नभैइ लडेर ल्याएको बताए आजको दिन जनताको अभिमतका आधारमा शासन व्यवस्था सञ्चालन हुने दिन भएको भन्दै ओलीले देशवासीका नाममा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे। उनले गणतन्त्रको विषेशता भनेको समाजको विकाससँग गतिसिल हुनुरहेको बताए।
‘गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो,’ उनले भने, ‘दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु।’
‘गणतन्त्र राजनीतिक विषय मात्र नभै समग्र सामाजिक रुपान्तरणको विषय हो’ प्रधानमन्त्री ओलीले भने, ‘यो सबैको सुखको व्यवस्था हो। यस्तो अवस्थामा जनताका लागि मलिन हुने विवस्थाको अन्तत्य गरिने छ।’
जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको उनले बताए। ‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ। जनतालाई जनता हैन रैति ठानिन्थ्यो।
‘गणतन्त्र राजनीतिक विषय मात्र नभै समग्र सामाजिक रुपान्तरणको विषय हो’ प्रधानमन्त्री ओलीले भने, ‘यो सबैको सुखको व्यवस्था हो। यस्तो अवस्थामा जनताका लागि मलिन हुने विवस्थाको अन्तत्य गरिने छ।’