काठमाडौँ — म्याच फिक्सिङ् गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको मुख्य आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।
बलाबेला हुने विश्वका महत्वपूर्ण र लोकप्रिय क्रिकेट तथा फुटबल खेल प्रतियाेगितामा अन्तर्ाष्ट्रिय म्याचको जितहारका आधारमा जुवा खेलाउने गरेकाे अाराेपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलारि पक्राउ गरेकाे हाे ।
अन्जन यसाघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्।
पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको हाे ।
प्रहरीले उनीविरूद्ध अाजै काठमाडौं जिल्ला अदालतमा जुवा ऐन र ठगी मुद्दामा म्याद लिने तयारी गरिरहेको छ।