बालकृष्ण ढुंगेलको अाक्रोश- मलाई ‘मानवअधिकारवादी’ र डलरवादी भन्नेहरुले दु:ख दिए

समाचार
शेयर गर्नु होला

काठमाडौँ  – माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुले आफूलाई मैदानमा अाउन  नदिने दुस्साहस गरेको बताएका छन्।

ढुंगेलले रिहा भएलगत्तै सञ्चारकर्मीहरुसित कुरा गर्दै युद्धमा शान्ति र शान्तिमा युद्धको खेती गर्नेहरुले आफ्नो रिहाइ रोक्न मुद्दा हालेको बताए । ‘शान्तिको नाममा युद्ध र युद्धको नाममा शान्तिको खेती गर्ने र नेपाललाई जहिले पनि समृद्धिको राज्य नबनाउने, भिख मागेर खाने डलरवादीको जुन अभियान छ, त्यसप्रति म घृणा गर्दछु,’ उनले भने ।

उनी रिहा भएर लगत्तै तत्कालिन माओवादीको मुख्यालय तथा हाल नेकपाको पार्टी कार्यालय पेरिस डाँडा पुगेका थिए। त्यहाँ उपस्थितहरुलाई सम्बोधन गर्दै उनले आफूलाई मानवाधिकारवादी भन्नेहरुले फसाएको आरोप लगाएका थिए।

आक्रोशपूर्ण भाषण गर्दै उनले ‘यो देशमा एक थाल भातमा बिक्री हुने पत्रकार र एक थाल भातका लागि अनैतिक कालो कोट लगाएर सर्वोच्च अदालत धाउने कथित न्यायाधीशहरु, कथित वकिलहरुलाई राज्यले बुझनुपर्छ,’ उनले भने । उनले डलरवादीहरुविरुद्ध सरकारले गरेको आँट सराहनीय भएको बताए ।

उनको स्वागतमा ठूलो संख्यामा पार्टीका नेताहरु कारागार परिसर पुगेका थिए। ढुंगेललाई माफी दिन लागिएको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी नै रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *