ढुंगेलको रिहाइ विरुद्ध नेविसंघ आन्दोलनमा

समाचार
शेयर गर्नु होला

काठमाडौं – माओवादी नेता वालकृष्ण ढुंगेल को रिहाई को बिरुद् मा नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।
‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?’, महरले भने,  ‘देशलाई अस्तव्यस्त बनाउने खालका कृयाकलाप कदापी स्वीकार्य हुँदैन।’उनले ढुंगेलको रिहाइले कानुनी राज्यको उपहास भएको बताएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *