शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने

अर्थ
शेयर गर्नु होला

काठमाडौँ — सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।

सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *