काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दींदै आएको बृद्धभत्ता वृद्धि गरेन ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै बृद्धभत्ता वृद्धि नगरी ७० वर्षमाथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने जानकारी दिए ।
कम्युनिस्ट गठबन्धनले चुनावमा जारी गरेको घोषणापत्रमा बृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको थियो ।
सरकारले सन्तानले आफ्ना अभिभावकलाई अनिवार्यरुपमा हेरचाह गर्ने कानुनी व्यववस्था गर्ने भएको छ। दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाइेको छ।