काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।
गर्भवतीलाई स्वास्थ्य जाँच गराउन अौँदा पाउने यातायात खर्चलाई दोब्बर बनाइेको छ । यस्तै मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् ।
स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लीएको छ । जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहकालागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।