काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५०७६ को वार्षिक बजेटमा राष्ट्रसेवक कर्मचारीको मंहगी भत्ता २ हजार रूपैयाँले बढेकाे छ। भत्ता बढेसँगै अब कर्मचारीले ४ हजार रूपैयाँ महंगी भत्ता पाउनेछन्।
सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता बढाएको हो।
प्रस्तुत बजेटमा कर्मचारीको तलब भने बढाइेको छैन्। ‘राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक पुनरावलोकनका लागि एक उच्चस्तरीय अध्ययन समिति गठन गरिनेछ’, अर्थमन्त्री खतिवडाले भनेका छन्। कर्मचारीको विमा भने बढाएर २ लाख पुर्याइेको छ।