प्रदेश नं ७ मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक

समाचार
शेयर गर्नु होला

धनगढी, (रासस) । प्रदेश नं ७ को मन्त्रिमण्डल गठन भएको १०० दिनपछि प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणानुसार मुख्यमन्त्री त्रिलोचन भट्टकी धर्मपत्नी दुर्कादेवी भट्ट र दाजु शालिग्राम भट्टको नाममा डोटीमा घर तथा बीस रोपनी दश आना जग्गा छ । उहाँसँग एक तोला सुन, १५ तोला चाँदी, एुटा गाई, एुटा मोबाइल र एुटा हाते घडी छ । यस्तै रु ७० हजार बैंक मौज्दात रहेको देखिएको मुख्यमन्त्रीको वित्तीय संस्थाको ऋण रु एक लाख ४० हजार र व्यक्तिगत ऋण रु दुई लाख रहेको छ ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणानुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा धनी मन्त्रीका रूपमा देखिनुभएको छ ।
मन्त्री शाहकी धर्मपत्नीका नाममा काठमाडौंँ गोठाटारमा घर, धनगढीमा छ कठ्ठा आठ धुर जग्गा, कञ्चनपुरको दैजिमा १६९३ बर्गमिटर जग्गा, दाजुको नाममा बाजुरामा १० हजार ९८५ बर्गमिटर जग्गा र त्यसमा बनेको घर रहेको छ । यसैगरी उहाँसँग बैंक मौज्दात रु ७३ हजार, सुन ५२ तोला, एक स्कुटर, रु चार लाख ६५ हजार १०० को १७१० कित्ता शेयर तथा वित्तीय संस्थाको ऋण रु सात लाख २० हजार रहेको देखाइेको छ ।

आर्थिक मामिला मन्त्री बोहरा, उहाँकी धर्मपत्नी र छोराको नाममा काठमाडाँैं, कैलालीको गोदावरी, धनगढी, लम्कीचुहा तथा टीकापुरमा गरी तीन बिगाहा सात कट्ठा सात धुर, छ रोपनी १३ आना, तीन हजार २०७ बर्गमिटर जग्गा रहेको छ । उहाँसँग बैंक मौज्दात रु छ लाख ४५ हजार, तीन वटा जिप कार, ४० तोला सुन, बैंक ऋण रु १९ करोड ७५ लाख तथा रु सात करोड ५१ लाख ३६ हजारको शेयर कित्ता रहेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराका बुवा, बाजे र धर्मपत्नीको नाममा डडेलधुरामा दुई घर, ३० रोपनी १६ आना जग्गा, सुन चार तोला, चाँदी आधा किलो, पाँच हजार पाँच सयको एुटा कित्ता शेयर तथा ऋण रु एक लाख र बैंक ऋण मौज्दात रु दुई लाख ६४ हजार रहेको छ ।

सामाजिक विकास मन्त्री दीर्घ सोडारीको धर्मपत्नी, बुवा, दाजु, भाईको नाममा कैलालीको धनगढी, गौरीगंगा र लम्कीचुहाका साथै अछामको मंगलसेनमा गरी ३० कठ्ठा १३ धुर ,आठ रोपनी जग्गा रहेको र बिभिन्न ठाउँमा गरी छ वटा घर रहेका छन् । उहाँसँग बैंक मौज्दात रु पाँच लाख ६० हजार दुई मोटरसाइकल, सुन छ तोला, चाँदी २० तोला, २० कित्ता शेयर र ऋण रु एक लाख रहेको छ ।

भूमि व्यवस्था कृषिमन्त्री बिनिता चौधरीको पतिको नाममा कैलालीमा एक बिगाहा चार कट्ठा जग्गा र घर, रु ५० हजार बैंक मौज्दात, एुटा मोटरसाईकल, सुन सात तोला, चाँदी ३५ तोला, रु ६२ हजार ५०० को शेयर कित्ता, पावरटिलर एुटा र बैंक ऋण रु एक लाख रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टसँग बैतडीमा एक रोपनी जग्गा र घर, बैंक मौज्दात रु पाँच लाख, एक मोटरसाइकल, १५ तोला सुन, रु २० लाख ६५ हजारको शेयर कित्ता, मौरी घारहरू, अपसेट प्रेस र रु २५ लाख बैंक ऋण रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *