बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार

राजनीति
शेयर गर्नु होला

काठमाडौँ — बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कानुनसम्मत भएनभएको पछि विचार गरिने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, ‘ढुंगेल समेतलाई सम्माननीय राष्ट्रपतिबाट बाँकी कैद माफ दीइ कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *