भ्लादिमिर पुटिनका आलोचक रुसी पत्रकारको गोलीहानी हत्या

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

किभ  ः   रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ। ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ उनको हत्या भएको समाचारमा जनाइेको छ ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उने त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए ।

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ ।

अर्काडी बाब्चेन्को नामका ती पत्रकार ४१ वर्षका थिए । उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए ।

उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षाघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *