यौन सम्पर्ककै क्रममा इच्छाको मृत्यु

समाचार
शेयर गर्नु होला

रुकुम(पश्चिम) : रुकुम(पश्चिम)को सदरमुकाम मुसीकोट नगरपालिकाको सहिद मैदानमा मंगलबार बिहान भेटिएको शव यौन सम्पर्ककै क्रममा मृत्यु भएपछि फालिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर इच्छाको मृत्यु यौन सम्पर्ककै क्रममा भएको खुलेको बताएको हो। मंगलबार बिहान ३८ वर्षीया इच्छा बुढा (बिसी)को शव सहिद मैदानमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मुसीकोट नगरपालिका १ का १९ वर्षीय अंअरबहादुर बादीलाई पक्राउ गरेको छ बादीलाई मंगलबारै पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

यौन सम्पर्कककै क्रममा इच्छाको मृत्यु भएपछि बादीले शव ढलमा लगेर फालेको डीएसपी खड्काले जानकारी दिए।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *