काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाव दिने निर्णय गरेको छ।
जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दबाव दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको बताए।
संविधान र कानुन विपरित हुनेगरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने पनि प्रमुख सचेतक खाँडले बताए। बैठकले बालकृष्ण ढुंगेलको बाँकि कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ।