काठमाडौँ — नेकपाले स्थायी समिति र संसदीय दलका पदाधिकारीको नाम टुंगो लगाएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले पक्षबाट २६ र माओवादी पक्षबाट १९ जना तय भएअनुसार नेताहरूको नाम टुंगो लागेको हो ।
एमाले पक्षले थप चार जनालाई राखेको छ । रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठ थपिएका हुन् ।
स्थायी समितिमा रहेका यसाघिकै २२ जनामा अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, भीम आचार्य, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल ,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल,छन्।
त्यस्तै तत्कालीन माओवादीबाट अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल र मणि थापा पम्फा भुसाल, मातृकाप्रसाद यादव, गणेश साह छन्।
आमन्त्रित सदस्यमा अंअृत बोहोरा, अंिक शेरचन, पुष्प कँडेल, सोमनाथ प्यासी, केशव बडाल र पेशल खतिवडा छन् । नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ । त्यसमध्ये नौ जनाको सचिवालय छ । पोलिटब्युरो भने चयन हुन बाँकी छ।