प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बजेट असाधारण प्रतिबद्धताका साथ आएको भन्दै यसलाई लागू गरिने बताए ।
विपक्षीहरुप्रति कटाक्ष गर्दै उनले भने, ‘बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्, यो बजेट कार्यान्वयन हुन्छ, गर्छौं।’
‘यसैवर्षभित्र पानी जहाज चल्न सुरु भयो भने अनौठो नमान्दा हुन्छ ।’ उनले रेल र पानी जहाज सञ्चालनका लागि सरकार गम्भीरताका साथ लागीपरेको समेत बताए । ‘यो एुटा मान्छे ट्रेकिङमा हिँडेको होइन, युगान्तकारी काम हो ।उनले आफूहरु मुलुकको कायापलट गर्न लागेको पनि दाबी गरे ।प्रधानमन्त्री ओलीले भने, ‘यो जनताले जिताएर पठाएका ‘पल्टन’ समय गुजार्न होइन ।’