३०८ गर्लफ्रेण्ड र एउटा ए के–५६ का धनी सञ्जय दत्त

मनोरञ्जन
शेयर गर्नु होला

मुम्बई– ‘आफ्नो जीवन कहिले अप, कहिले डाउन। ड्रग्स पनि लिए। महंगो होटलमा पनि बसे र जेलमा पनि। घँडी पनि लगाए, हतकडी पनि। ३०८ गर्लफ्रेण्ड थिए र एउटाके–५६ राइफल।’सन्जय दत्त को जिबनी मा बनेको फिल्म को पन्च लाईन हो यो डायलग ।

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ।
फिल्मले सञ्जयका कैयौ गोप्य कुराहरु बाहिर ल्याएको छ। जसमा उनी गर्लफ्रेण्डको धनी देखिएको छ। फिल्मको ट्रेलर अनुसार उनका ३ सय भन्दा बढी गर्लफ्रेण्ड थिए।

यो फिल्म सञ्जयको जन्मदेखि फिल्मी उद्योग, ड्रग एडिक्ट, अण्डरवर्ल्डसँग सम्बन्ध र जेल यात्रासम्मको कथामा केन्द्रीत छ। फिल्ममा सञ्जय दत्तको भुमिका रणवीर कपुरले निभाएका छन्।

फिल्ममा सञ्जयकी आमा नरसिगको भुमिका मनिषा कोइराला,परेश रावलले पिता सुनील दत्त,पत्नी मान्यता दत्तको रोलमा दिया मिर्जा, कुमार गौरवको भुमिका विक्की कौशल,सोनम कपुरले पहिलो गर्लफ्रेण्ड टीना मुनीम, अनुष्का शर्माले वकिल र जिम सरभले सलमान खानको भुमिका निर्वाह गरेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *