न्युयोर्क–हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकीछिन्।
इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्ाष्ट्रिय समाचार संस्था एपीले यो खुलएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ।
पोर्नस्टार ड्यानियल स्टोर्मीसँगको अफेयरको निरन्तर खबरले आफू अपमानित भएको र अन्य कुरामा पनि ट्रम्पले निरन्तर अवहेलनाको व्यवहार देखाएकाले आफू अलग हुन चालेको मेलानियाको भनाई रहेको एपीले जनाएको छ।
मेलानियाले आफू प्रथम महिला हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको र यो आफ्नै चाहना नै नभएको बताएकी छिन्। साथै आफूले साधारण र सामान्य जीवन नै चाहेको बताइन।
समाचार अनुसार ट्रम्पले आफूलाई समय नदिएको, परस्त्रीसँग बढी झुकाव रहेको संकेत समेत दिएकी छिन।