नेकपाको नाम परिवर्तन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा )हुने

राजनीति
शेयर गर्नु होला

काठमाडौं–  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको छ।

गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको हो।  एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दीएको थियो।

‘हामीले विभिन्न पक्षबाट आएका सुझावलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं,’ संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले भने।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भैसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिनुपरेको हो सुवास नेम्बाङले भने
‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं। यस विषयमा निर्वाचन आयोगलाई आवश्यक कागजात पनि पठाएका छाैं’ उनले भने।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *