सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीलार्इ खोज्न १९२ देशका प्रहरी

समाचार
शेयर गर्नु होला

सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण फरार रहेका अभियुक्त एसएसपी खत्रीलगायत तीनजना विरुद्ध अन्तर्‍ाष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको छ।

त्रिभुवन विमानस्थलबाट भित्रिएर गायब भएकाे भनिएकाे ३३ किलाे सुन र त्यसाघिका अन्य घटनामा समेत एसएसपी खत्रीकाे संलग्नता देखिएकाे अनुसन्धानबाट खुल्न अाएकाे हो।

फरार रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलारि खाेज्न १९२ देशका प्रहरीमार्फत वारेन्ट जारी गरिएकाे छ ।
इन्टरपाेलकाे खाेजी सूचीमा खत्रीसहित सुन तस्करीका मालिक भनिएर चिनिएका मोहनकुमार अग्रवाल र चुडामणी उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती पनि रहेका छन्।

यसाघि पनि एसएसपी खत्री ३४ किलाे तस्करीकाे सुन बरामद हुँदा पक्राउ परेका थिए, पछि अदालतबाट सफाइ पाएर उनी पुनः साेही धन्धामा लागेकाे बताइन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *