भक्तपुर : भक्तपुर प्रहरीले मोटरसाइकलको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायल परीक्षा दिने दुई नक्कली परीक्षार्थी र एकजना बिचौलियालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार यातायात कार्यालयान्तर्गतको ट्रायल परीक्षा दिने भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ राधे राधेस्थित इजीवे ट्रायल सेन्टरबाट उनीहरुलाई नियन्त्रणमा लीएको हो।
परीक्षार्थीहरु तेर्हथुम इवा गाउँपालिका १ घर भैइ हाल ललितपुरको लामाटार बस्ने ३० वर्षीय धनकुमार ईङमान (लिम्बु) र मोरङको लेटाङ गाउँपालिका ८ घर भैइ हाल ललितपुर लुभु बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार नियन्त्रणमा लीएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताए।धनकुमार ईङमान (लिम्बु) ले सिन्धुलीको पोखरी गाविस ५ स्थायी घर भएका २० वर्षीय टीकाराम चौलागारिंको मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेका थिए। त्यस्तै राईले भक्तपुरको सूर्यविनायक नपा १० का २० वर्षीय सनिस पाकुर श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको नायब प्रहरी उपरीक्षक प्रसाईंले बताए।