विश्व ११ टिमबाट सन्दीपले अाज वेष्ट इन्डिजविरुद्ध खेल्दै, कप्तानी अफ्रिदीले गर्ने

Uncategorized खेलकुद
शेयर गर्नु होला

लन्दन:  विश्व–११ को कप्तानी गरिरहेका इङ्ल्यान्डका इयान मोर्गन घाइते भएपछि विश्व–११ को कप्तानी पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले गर्ने भएका छन् ।

Image result for shahid afridi

आइसीसीले दिएको खबर अनुसार उनको सट्टा विश्व–११ टोलीमा इङ्ल्याण्डकै विकेटकिपर व्याट्सम्यान साम बिलिङ्सलाई समावेश गरिएको छ ।

आँधीबाट क्याराबिन राष्ट्रहरुका भत्किएका क्रिकेट स्टेडियम निर्माणमा सहयोग जुटाउन अैइसीसीले वेस्ट इन्डिज र विश्व–११ बीच लर्डस्मा खेल खेलाउन लागेको हो।

कार्लोस ब्रेथवेटको कप्तानीमा मैदान उत्रने वेस्ट इन्डिज टोलीमा सामुयल बद्री, क्रिस गेल एस्ले नर्स, आन्द्रे फ्लेचर, किमो पाउल, रोभमन पावेल, दिनेश रामदिन इभिन लेविस, मार्लोन सामुयल्स र आन्द्रे रसेलर केस्कि र विलियम्स छन् ।

विश्व–११ मा साहिद अफ्रिदी साम बिलिङ्स, तमिम इकबाल, दिनेश कार्तिक,हार्दिक पाण्डेय, थिसारा परेरा, लुक रोची, मोहमद सामी रासिद खान, मिचेल म्याक्लिघन, सोयव मल्लिकर सन्दीप लामिछाने छन् ।

इंगल्यान्डको लर्डस्मा अाज राति नेपाली समयानुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुने जनाइेकाे छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *