काठमाडौँ: राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समहूबीच खुकुरी हानाहान भएको छ ।
खुकुरी हानाहानपछि पुगेको प्रहरीले कलेजबाट तीनजनालाई खुकुरीसहित पक्राउ गरेर हिरासतमा लिएको छ । पक्राउ पर्नेहरुमा सहदेव नेपाल, अनिल लामा र सौरभ श्रेष्ठ रहेका छन् ।
यो घटनाका क्रममा खुकुरी हानिँदा नेविसंघ कार्यकर्ता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ।
कलेजमा दुई गुटमा बाँडिएको नेविसंघको एुटा गुटका नाइके कौशल दाहाल छन् । त्यसैगरी अर्को गुटको नाइकै शान सिवाकोटी रहेका छन् । त्रिचन्द्रमा दुई गुटको नेतृत्व गर्दै आएका उनीहरुलाई नेताहरुले पनि संरक्षण गरेका छन् । दाहाललाई नेविसंघ अध्यक्ष नैनसिंह महरको आशिर्वाद छ भने शिवाकोटीलाई महासचिव कुन्दन काफ्लेले साथ दिएका छन् ।