लन्डन — वेस्ट इन्डिजले लर्डसमा बिहीबार राति भएको मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ लाई ७२ रनले पराजित गरेको छ ।
बिहीबार राति इंगल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीसँग २०० रनको विशाल लक्ष्य भेटाउन नसकी विश्व- ११ ७२ रनले पराजित भएकाे हाे ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १ सय ९९ रन बनाएकाे थियो । २०० सय रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विश्व ११ टिमकाे सुरूआत नै खराब रह्यो । उसले १ सय २७ रन मात्रै बनाएर ‘अलाअौट’ भयाे ।
सन्दीपले एक ओभर मात्र बलिङ गरे र त्यसमा बिना कुनै विकेट १२ रन खर्चे। ब्याटिङतर्फ उनले ७ बलमा ४ रन बनाए।
पहिले ब्याटिङ गर्ने अवसर वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो । ओपनर एभिन लेविसले ५ चौका र ५ छक्का प्रहार गर्दै २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरूवात गरे । अर्का ओपनर क्रिस गेल २८ बलमा १८ रन जोडेर अौट भए । मार्लोन स्यामुएल्स २२ बलमा ४३ तथा दिनेश राम्दीनले २५ बलमा नटाऔट ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफल बनाउन सफल भयो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन जोडे ।
वेस्ट इन्डिज को जबाफ मा सुरुमा ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११ लाई थिसरा परेराले सम्हाले । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो । विश्व ११ का रशिद खानले २ तथा मलिक र शहिद अफ्रिदीले ११ विकेट लिए ।