सुन तस्करी प्रकरणका अभियुक्त नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक श्याम बहादुर खत्री कारागार चलान

समाचार
शेयर गर्नु होला

सुन तस्करी प्रकरणका अभियुक्त नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक श्याम बहादुर खत्री ले दुई महिनापछि अदालतसमक्ष आत्मसमर्पण गरेपाछि कारागार चलान भएका छन् ।

सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्यामबहादुर खत्री बिहीवार बिहान करिव साढे दश बजे निवेदनसहित जिल्ला अदातल मोरङमा उपस्थित भएका थिए । खत्रीसंग जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलासमा साढे चार घण्टा बयान लीएको थियो ।

गत वर्षको साढे ३३ किलो सुन तस्करी र अहिलेको घटनाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीसाग एसएसपी खत्रीले एक किलो सुन पास गराएबापत ५० हजारका दरले रकम लिने गरेको छानविन समितिको अनुसन्धानबाटै खुलिसकेको छ ।  खत्रीले भने अदालत समक्ष अभियोग अस्वीकार गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *