पहिरो ले सिद्धार्थ राजमार्ग अवरुद्ध

समाचार
शेयर गर्नु होला

पाल्पा — अबिरल वर्षासंगै खसेको पहिरोले हिजो रातिदेखि उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ

ठूलाठूला ढुंगा खसेकाले पहिरो सफा गर्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्केका छन् राजमार्गको दोभान सिद्धबाबारहेडबक्समा ठूला ठूला पहिरो खसेको छ ।

पहिरो खुलाउने प्रयास भैरहेको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार वर्षा रोकिएपछि बुटवल र पाल्पातर्फबाट बाटो खुलाउने प्रयास जारी रहेको सूचना अधिकारी पवित्रमणी आचार्यले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *