काठमाडाैँ। प्रधानमन्त्री ओलीले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो वरियता दिने बताउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
फोरमले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्दै शहरी विकास र स्वास्थ्य मन्त्रालय लिनेगरी छिट्टै सरकारमा सहभागी हुने बताएको छ ।
सरकारमा सहभागी हुने तयारीमा रहेको संघीय समाजवादी फोरम आन्तरिक छलफलमा जुटेको छ । अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको फोरमले एक मन्त्री र एक राज्यमन्त्रीको नाम तय गर्ने भएको हो ।
फोरम अध्यक्ष यादवले परराष्ट्र सहित तीन वटा मन्त्रालय दिन आग्रह गर्नुभएको थियो । पार्टी कार्यालय बालकुमारीमा बसेको फोरम संसदीय दलको बैठकले महत्वपूर्ण तीन मन्त्रालय लिन अध्यक्ष यादवलाई म्यान्डेड दिएको थियो ।