बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबालाई ५ वर्ष कैद, सहयोगि लाई एक वर्ष कैद

समाचार
शेयर गर्नु होला

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित तीनजना दोषी ठहर भएका छन् । भोलेबाबा र उनका सहयोगी किस्मती चौधरी र स्मारीका चौधरी दोषी ठहर भएका हुन् ।

जिल्ला अदालत कैलाली का जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख, किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ, स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको हो।

भोलेबाबालाई सहयोग गरेको आरोपमा पक्राउ परेका चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने अदालतने सफाइ दिएको छ ।

उनीमाथि कुटपिट गरेको आरोपमा ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *